कालिदास

कालिदास ("कालीको दास" संस्कृत: कालिदास) संस्कृत भाषाका सबैभन्दा महान् कविनाटककार थिए । कालिदासको शाब्दिक अर्थ "कालीको सेवक" भन्ने बुझिन्छ । कालिदास शिवका पनि भक्त थिए। उनले पौराणिक कथाहरू र दर्शनलाई आधार मानेर रचनाहरू गरेका छन् । कलिदास आफ्नो अलंकार युक्त सुन्दर, सरल र मधुर भाषाका लागि विशेष रूपले जानिन्छन् । उनको ऋतु वर्णन अद्वितीय मानिन्छ । उनका उपमाहरू अनुपम छन् । संगीत तिनको साहित्यको प्रमुख अङ्ग छ र रसको सृजन गर्नमा तिनको कुनै उपमा छैन। उनले आफ्नो शृंगार रस प्रधान साहित्यमा पनि साहित्यिक सौन्दर्यका साथ साथ आदर्शवादी परम्परा र नैतिक मूल्यहरूको समुचित ध्यान राखेका छन् । तिनको नाम अमर छ र तिनको स्थान वाल्मीकि र व्यासको परम्परामा हो । उनि द्वारा लेखिएको कविता तथा नाटकहरू कहिले लेखिएको यकिन नभएता पनि पाँचौ शताब्दीमा लेखिएको अनुमान गर्न सकिन्छ ।[1]

शाकुन्तलम्
कालिदास
कालिदास
जन्म चौथौ शताब्दी
मृत्यु पाँचौ शताब्दी
गुप्त साम्राज्य, अनुमानित उज्जैन अथवा श्रीलङ्कामा
पेशा कविनाटककार
राष्ट्रियता भारतीय
विधा संस्कृत नाटक, शास्त्रीय साहित्य
विषयहरू महाकाव्य, हिन्दू पुराण
उल्लेखनीय कार्यहरू अभिज्ञान शाकुन्तलम्, रघुवंशम्, मेघदूतम्, विक्रमोर्वशीयम्, कुमारसंभवम्
दम्पति पौराणिक कथा अनुसार उनको विवाह एक राजकुमारी सँग भएको थियो जसको नाम विद्योतमा रहेको थियो ।

प्रारम्भिक जीवनी

पूर्वीय संस्कृत महाकाव्यकाे विकास क्रममा महाकवि कालिदास दाेस्राे चरणका कलात्मक महाकाव्य परम्पराका विशिष्ट प्रतिभा हुन् । प्रचीन महाकाव्यकारहरूमध्ये यिनकाे अति उच्च स्थान रहेकाे देखिन्छ । यिनकाे समय र जीवनीका बारेमा विभिन्न विद्वान्का विभिन्न मतहरू पाइन्छन् । ती मतमध्ये अधिकांश विद्वान्हरूले इसाकाे चाैथाे शतब्दीकाे उत्तरार्धमा कालिदासकाे जन्म भएकाे बताएका छन् र यही मत नै उपयुक्त मानिएकाे छ । ए. बी. किथ, पं.महावीरप्रसाद द्विवेदी र डा.रमाशङ्कर त्रिपाठी अादि विद्वान्हरूले चाैथाे शताब्दी नै कालिदासकाे समय रहेकाे प्रमाणित गरेका छन् । [2] । इसाकाे ४७२ तिरकाे शिला लेखमा कालिदासकाे नाम अङ्कित भएकाे हुनाले याे मत प्रामाणिक देखिन्छ ।

सन्दर्भ सामग्रीहरू

  1. Encyclopædia Britannica. "Kalidasa (Indian author)".
  2. शर्मा, गाेपीकृष्ण (दाे.सं.२०५६), संस्कृत साहित्यकाे रूपरेखा, काठमाडौं : अभिनव प्रकाशन

यो पनि हेर्नुहोस्

This article is issued from Wikipedia. The text is licensed under Creative Commons - Attribution - Sharealike. Additional terms may apply for the media files.